०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

डा.सीके राउतको ओली, उपेन्द्र र महन्थसंग पनि शिष्टाचार भेटवार्ता

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२१ मंसिर। मंसिर ४ को निर्वाचनको नतिजा आएसँगै राजनीतिक भेटघाटमा व्यस्त रहेको जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन् ।

डा.राउतले आज एकै दिन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एवम् लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सप्तरी -२ बाट प्रतिनिधि सभामा निर्वाचित भएपछि उनी विभिन्नका अध्यक्षसहित राजनीतिकर्मीसंग शिष्टाचार भेटवार्ता गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]