१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

जनमत पार्टीले बुझायो समानुपातिक सांसदको नाम

Logo
प्रकाशित शनिबार, मंसिर २४, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२४ मङ्सिर । जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो ।

पार्टीले प्रतिनिधिसभा समानुपातिक सदस्यमा अनिता साह (मेधशी), सोनु मुर्मर र बिनिताकुमारी सिंह (आदिवासी जनजाति), अब्दुल खान (मुस्लिम) र गोमा लामा सापकोटा (खस आर्य)लाई सिफारिस गरेको छ ।

त्यसैगरी प्रदेशसभाको समानुपातिक सदस्यमा मधेस प्रदेशमा बबिता राउत र अनिताकुमारी साह (मधेशी महिला), चन्दनकुमार सिंह (मधेशी अल्पसंख्यक), रञ्जुकुमारी खंग (खत्वे) (दलित महिला), वशन्तकुमार कुशवाहा (मधेशी, हसिना खातुन (मुस्लिम महिला) र भाग्यश्री कुमारी चौधरी आदिवासी जनजाती महिला सिफारिस गरिएको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

पार्टीले लुम्बिनी प्रदेशमा समानुपातिक सदस्यमा सुमन शर्मा रायमाझी र आदिवासीतर्फ गिता गुरुङलाई सिफारिस गरेको छ ।

जनमत पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा मधेस प्रदेशमा छ र लुम्बिनीमा एक गरी सात प्रदेशसभा सदस्य जितेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]