१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

गोबरको गुइँठाबाट खाना पकाउन बाध्य

Logo
प्रकाशित सोमबार, मंसिर २६, २०७९

न्यूजमधेश डेस्क
सर्लाही ,२६ मङ्सिर। यहाँका अधिकांश नागरिक दाउराको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन बाध्य छन् ।

जिल्लामा रहेका २० स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका बासिन्दा वर्षांैदेखि गोबरका गुइँठा बनाइ खाना पकाउनका लागि इन्धनका रुपमा प्रयोग गर्दै आइरहेका छन् । विषेशगरी जिल्लाका दक्षिणी भेगमा गुइँठाको प्रयोग अत्यधिक हुने गरेको छ । तराई–मधेसमा गुइँठाबाट खाना पकाउने चलन पुरानो भए पनि वनबाट पाइने दाउराको अभाव तथा असहज उपलब्धताले गर्दा सो क्षेत्रका नागरिक अझै पनि गुइँठाबाट खाना पकाउन बाध्य छन् ।

गाउँ नजिकै कुनै पनि वन नरहेको, वनबाट दाउरा ल्याउनका लागि टाढा जानुपर्ने बाध्यता तथा वनबाट दाउरा ल्याउँदा वनका कर्मचारी तथा प्रहरीले दुःख दिने गरेकाले आफूहरु गुइँठाकै प्रयोग गर्न बाध्य रहेको ब्रम्हपुरी गाउँपालिका–४ की रामकली देवीले गुनासो गर्नुभयो ।

गाईभैँसीको गोबरमा गहुँको भुसा, मकै, गहुँ वा तोरीको डाँठ र पराल आदि मिसाएर त्यसलाई चाक्लो पारी पथारेर तयार पारिने गुइँठालाई स्थानीय भाषामा गोरहा भन्ने गरिन्छ । तराई–मधेसमा घरका महिला सदस्यको प्रमुख काममध्ये गुइँठा बनाउन पनि एक रहेको छ । उनीहरुले घरधन्दा सँगसँगै खाना पकाउनका लागि गुइँठा पनि तयार गर्ने रहेको छ ।

गोबरबाट तयार पारिएको गुँइठालाई करिब एक महिना घाममा सुकाएपछि बाल्नका लागि तयार हुने र यसैलाई अहिलेसम्म इन्धनको रुपमा प्रयोग गर्दैै आएको मलङ्गवा–७ मुसौलीकी रमिलादेवीले बताउनुभयो ।

जिल्लाको दक्षिणी भेगमा रहेका गाउँका घर तथा सडकमा सुकाएर राखिएको गुइँठाका दृश्य सामान्य नै लाग्छन् । सुकेर तयार भएको गुइँठालाई पानी नचुहिने, नभिज्ने तथा सुख्खा ठाउँमा थाक बनाएर राख्ने गरिन्छ । यसरी थाक बनाएर राखेका गुइँठा आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ ।

ब्रम्हपुरी–३ का रामविनय रायले गुइँठाबाट खाना पकाउँदा अत्यधिक धुँवा आउने, त्यसमा रहेका कीरा खानामा पर्ने, राम्रोसँग नबल्ने, स्वास्थ्यमा समस्या आउने भए पनि आफुहरुसँग अन्य विकल्प नरहेकाले बाध्य भएर गुइँठाको प्रयोग गर्नुपरेको बताउनुभयो ।

गाईबस्तुको गोबरबाट गुइँठा बनाएर बाल्दा खेतबारीमा जैविक मलको अभाव हुने गरेको छ । त्यसले गर्दा किसानले खेतीबारीमा बाध्य भएर रासायनिक मलको प्रयोग गर्नुपरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताउनुभयो । खेतबारीमा जैविक मल प्रयोग नगरी केवल रासायनिक मलमात्र प्रयोग गर्नाले जमिनकोे उर्वरा शक्ति क्षणहँुदै जाने र अन्ततःजमिन मरुभूमिमा परिणत हुनसक्ने कुशवाहको भनाइ छ ।

गुइँठाको प्रयोगबाट निस्कने धुँवाबाट स्वास्थ्यमा नराम्रो असर पर्ने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख सुदिपराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार लामो समयसम्म गुइँठाको धुँवामा बस्दा स्वाशप्रस्वाशसम्बन्धी विभिन्न रोग लाग्ने गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]