न्यूजमधेश डेस्क
जनकपुरधाम ,२६ मङ्सिर ।जनता समाजवादी पार्टी महोत्तरीका नेता महेश कुमार यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।
सोमबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा पुगेर जसपाका महोत्तरी जिल्ला सदस्यसमेत रहेका नेता यादवले पार्टी प्रवेश गरेका हुन् ।
नेता यादवलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले फूलमाला र दोसल्ला लगाएर पार्टीमा स्वागत गरेको छ ।नेता यादव जनमत पार्टीको सदस्यतासमेत ग्रहण गरेका हुन् ।