२८ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

सिरहामा युवतीको हत्या गरेको आरोपमा दुई जना पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ मंसिर । धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका २ मल्हनियाका २० वर्षीय राजकुमार महतो कोइरी र वडा नम्वर १ का २० वर्षीय नितेश कुमार रजक रहेका छन् ।

कर्जन्हा नगरपालिका १० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया नगरपालिका २ मल्हनिया पिडारी टोलकी २६ वर्षीया लक्ष्मिनिया देवी कापरको मंगलवार हत्या भएको थियो ।

घटनापछि मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको तालिम प्राप्‍त कुकुर सहितको टोलीको सहयोगमा उनी दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका दुबै जनामाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालत, सिरहाबाट ७ दिनको म्याद लिई थप अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

हत्यापछि ति महिलाका आफ्न्त र स्थानीय मंगलवार मिर्चैयास्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]