०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

एलएमसी कलेजका प्रमुख मनोज कर्णको नेतृत्वमा दर्जनौं जना जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित शुक्रबार, पुष ०१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१ पौष ।सिरहाको लहानस्थित रहेको एलएमसी कलेजका प्रमुख मनोज कर्णको नेतृत्वमा विभिन्न पेशामा आवद्ध दर्जनौं व्यक्तिहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।

विहिबार लहान नगरपालिका वडा नम्बर -१ मा रहेको एक कार्यक्रमबीच प्रमुख कर्णको नेतृत्वमा दर्जनौं जना जनमत पार्टीमा प्रवेश गर्नुभएको हो।

पार्टी प्रवेश गर्नेमा रेन्बो इन्ट्रनेशनल स्कुल लहानका प्रमुख राजेन्द्र प्रसाद साह,मनोकामना ड्राइभरीङ्ग सेन्टरका प्रमुख दिलिफ कुमार,लहानका प्रख्यात शिक्षक अनिल कर्ण,शिव कुमार राय,बिरेन्द्र यादव,बिजय यादव,लहानका व्यवसायी क्षेत्रका हस्ती बिजय गुप्ता र प्रमकुमारी दाससहित दर्जनौं जना जनमत पार्टीमा प्रवेश गरेको एलएमसी कलेजका प्रमुख मनोज कर्णले जानकारी दिनुभएको छ।

उहाँहरुलाई जनमत पार्टीका सिरहा जिल्ला इन्चार्ज बिजय साह,पार्टीका नेता बालेश्वर यादवले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]