०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

संजय साह ‘टक्ला’ को छोरा चैतन्यराज नेपाल टप

Logo
प्रकाशित शनिबार, पुष ०२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ पौष ।संजय शाह (टकला)को छोरा चैतन्यराज शाहले रजत पदक हासिल गरेका छन् ।

‘वल्र्ड इकोनमिक्स कप– २०२२’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनले रजत पदक हासिल गरेका छन् । उच्च शिक्षा अध्ययनरत अर्थशास्त्रका विद्यार्थीहरूमाझ उक्त प्रतियोगिता गराइएको थियो ।

सोही प्रतियोगितामा व्यक्तिगतर्फत चैतन्यराज शाह, रोयल कटुवाल र प्रज्वलविक्रम थापाले रजत पदक हासिल गरेका छन् । डिप कप्रिहेन्सन विधामा चैतन्य २५ औं स्थानमा छन् । उनले १८८ अंक ल्याएका थिए ।

नेपालमा भएको आन्तिरक छनौटमा उनी प्रथम भएका थिए । सोही प्रतियोगितामा सागर भट्टराई, आर्जमणी कँडेल, अनुष्का सुवेदी, जिया पोखरेल र सुप्रद तखछे श्रेष्ठले काश्य पदक जितेका छन् । फन्डामेन्टल टप ३० विधाअन्र्तगत सागरले ९४ अंक प्राप्त गरी नवौं स्थान प्राप्त गरेका छन् भने अनुष्का र प्रज्जवल १८ औं स्थानमा आएका छन् ।

सुप्रद र जियाले ८९ अंक ल्याई २५ औं स्थान हासिल गरेको वल्र्ड इकोनमिक्स कपले जनाएको छ । उच्च शिक्षा अथ्ययनरत अर्थशास्त्रका विद्यार्थीहरूमाझ गराइएको ‘वल्र्ड इकोनमिक्स कप–२०२२’ प्रतियोगितामा नेपालले यसपटक कुल ८ वटा पदक जितेको छ । व्यक्तिगततर्फ ३ रजत र ५ काश्य पदक प्राप्त गरेकोमा सामूहिकतर्फ नेपालले ७ औं स्थान हासिल गरेको छ ।

अघिल्लो प्रतियोगिताभन्दा यसपाली नेपालले सुधार गरेको छ । अघिल्लो प्रतियोगितामा नेपालले व्यक्तीगतमा ५ पदक जितेको थियो भने समूहगतमा नवौं स्थान प्राप्त गरेका छन् । कात्तिक २७ ( नोभेम्बर १३) मा सम्पन्न भएको प्रतियोगितामा ४२ देशका ५३ वटा समूह र २८६ जना प्रतिस्पर्धी सामेल थिए । तीन भागमा विभाजित प्रतियोगिता अनलाइन माध्यमबाट आयोजना गरिएको नेपाल इकोनमिक्स ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

अर्थशास्त्रबारे फन्डामेन्टल (आधारभूत) र डिप कप्रिहेन्सन (गहन बुझाइ तथा विश्लेषण) विधामा व्यक्तिगत रूपमा प्रतिस्पर्धा गराइएको थियो । थिंकिंङ एन्ड इन्नोभनेस (सोचाइ र नवप्रवर्तन) शीर्षकमा समूहगत प्रतिस्पर्धा भएको थियो । वल्र्ड इकोनोमिक्स कपमा विद्यार्थीहरूलाई सहभागी गराउन नेपाल इकोनोमिक्स ओलम्पियाडले भूमिका खेलेको थियो ।

यो इन्टरनेसनल इकोनोमिक ओलम्पियाडको नेपाल प्रतिनिधि हो । इन्टरनेसनल इकोनोमिक ओलम्पियाड उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि अर्थशास्त्रसँग सम्बन्धित विषयमा प्रतिस्पर्धा गराउने अभियान हो । सन् २००७ का नोबेल पुरस्कार विजेता एरिक मस्किनले शुरु गरेको यो अभियानले हरेक वर्ष विश्वभरबाट विद्यार्थी सहभागी गराएर प्रतिस्पर्धा गराउने गरेको छ ।- जनकपुर टुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]