१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

धनुषामा गोली हानेर व्यापारीको हत्या

Logo
प्रकाशित शनिबार, पुष ०९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ पौष । अज्ञात समूहको गोली प्रहारबाट धनुषामा एक साना व्यापारीको हत्या भएको छ ।

मुखियापट्टी मुसहर्निया गाउँपालिका २ स्थित किराना पसल गर्ने ३५ वर्षी भनु दासको गोली हानेर हत्या गरिएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले उनीमाथि पसलमै गोली चलाएको बताइएको छ ।

गोली प्रहारबाट गम्भीर घाइते भएका दासको उपचारका लागि जनकपुर ल्याउँदै गर्दा मृत्यु भएको हो । अहिले उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।

गोली कसले चलाएको विषयमा केही खुल्न सकेका छैन । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]