०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

डा.सीके राउतले थाल्यो अस्पताल सुधार अभियान

Logo
प्रकाशित शनिबार, पुष ०९, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,९ पौष ।जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले गजेन्द्रनारायण सिंह अस्पताल सुधारको प्रयास थालेका छन् । उनले अस्पताल सुधारको पहिलो कदम भन्दै अस्पतालमा सुझाव पेटिका राखेका छन् ।

सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.राउतले अस्पतालसम्बन्धी कुनै गुनासो वा सुझाव भए दिन भन्दै सुझाव पेटिका राखेका हुन् । सुझाव पेटिकामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको नाम तथा सम्पर्क नम्बरसमेत उल्लेख गरिएको छ ।

सप्तरीको राजविराजमा रहेको उक्त सरकारी अस्पताल पछिल्लो समय रेफरल सेन्टरमा सीमित भएको भन्दै अस्पताललाई बचाउने आफ्नो अभियान भएको उनको भनाइ छ । अस्पतालले निशुल्क दिनुपर्ने औषधि दिएन भने खबर गर्न उनले भनेका छन् ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै डा. राउतले भनेका छन्, ‘गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सुधारको पहिलो कदम–जनताको सुझाव र सहयोगबाट नै यो सम्भव हुन सक्छ । रेफरल सेन्टरमा सीमित हुन पुगेको अस्पताललाई जोगाऔँ । निःशुल्क पाउनुपर्ने औषधी पनि अस्पतालले बिरामीलाई उपलब्ध गराएन भने त्यो पनि खबर गर्नुहोला ।’

सो जन आवाज तथा सुझाव पेटिका शनिबार अस्पताल अगाडि प्रदेश सभा सदस्य सतिशकुमार सिंह र महेश प्रसाद यादवको उपस्थितिमा लगाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]