०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जनमत पार्टीले ‘मधेश फर्स्ट’को अवधारणाप्रति प्रतिबद्ध रहने : सांसद ई.कुशवाहा

Logo
प्रकाशित सोमबार, पुष १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, १८ पौष ।जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं मधेश प्रदेशसभा सदस्यमा नवनिर्वाचित प्रदेश सांसद ई.बसन्त कुशवाहाले ‘मधेश फर्स्ट’को अवधारणामा प्रतिबद्ध रहने बताएका छन् ।

सोमबार मधेश प्रदेशसभाको पहिलो बैठकमा सम्बोधन गर्दै सांसद ई.शुकवाहाले सो प्रतिबद्धता जनाएका हुन् ।

उनले प्रदेशसभा सदस्यमा निर्वाचित भएर आएका सांसदहरु फरक पार्टी, फरक विचारधारा, फरक सोचाइ भएपनि मधेशको सवालमा एकबद्ध भएर मधेश प्रदेशलाई नमुना प्रदेशको रुपमा विकसित गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

‘हामीबीच रहेको मनभिन्नता, द्वेष, असमानता भएपनि पाँच वर्षका लागि थाँती राखी मधेशलाई साझा कर्मथलोको रुपमा विकास गरौं,’ उनले भने, ‘जनमत पार्टीका सांसदहरु सबैसँग काँधमा काँध मिलाएर काम गर्न तत्पर छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]