न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ माघ। बलिदानी दिवसको अवसरमा जनमत पार्टी सिरहाले लाहानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
आज १६ औं बलिदानी दिवसको अवसरमा शहिदको सम्मान र सम्झनामा लहानको सहिद पार्क नजिकै मधेश प्रदेशका सांसद त्रिभुवन साह,संजय यादवलगाइतका सांसदहरु रक्तदानमा सहभागी भएका हुन्।
मधेश आन्दोलनमा शहिदले दिएको बलिदानीको बलमा संविधानमा संघीयाता स्थापित भैरहेको जनमत पार्टीका नेता मनोज कर्णले बताए।
रक्तदान कार्यक्रम सुरु भैसकेको छ।बेलुका ५ बजे सम्म रक्तदान कार्यक्रम चल्ने आयोजकले जानकारी दिएको छ।