०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

प्रदेश सांसद सिंहले लौनियामा क्रिकेट प्रतियोगिताको गरे उद्घाटन

Logo
प्रकाशित बिहिबार, माघ ०५, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,५ माघ।सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-२ लौनियामा क्रिकेट प्रतियोगिता-२०७९को उद्घाटन गरिएको छ ।

लौनिया युथ क्रिकेट समितिको आयोजना तथा तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर २को सहयोगमा हुन लागेको यस प्रतियोगिताको बिहिबार एक कार्यक्रम बिच उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य सतिश कुमार सिंहले आयोजक लगायत खेलाडीहरुसँग क्रिकेट टेनिस बलले नभई ड्युज बलले खेल्न खेलाउन आग्रह गरे । ‘क्रिकेटको आयोजना कम भएपनि खेलमा ड्युज बलको प्रयोग गर्नुस्’ उनले भने ‘यसले खेल्ने स्तर सुध्रिन्छ र खेलाडीले पनि राष्ट्रिय स्तरका खेल खेल्ने मौका पाउनेछन् ।’

उनले प्रदेश सभा सदस्यको रुपमा तथा आफ्नो व्यक्तिगत तर्फबाट खेलमा गर्न सक्ने सहयोग गर्ने बाचा गरे । तिलाठीकोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका सिंहले विकासको काममा पालिकालाई आवश्यक सहयोगको लागि सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]