०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

राजविराजको विकासका लागि मास्टर प्लान आवश्यक :सांसद यादव

Logo
प्रकाशित शुक्रबार, माघ ०६, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,६ माघ।मधेश प्रदेशसभा सदस्य तथा जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले राजविराज नगरपालिकाको विकासका लागि मास्टर प्लानको आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार राजविराज नगरपालिकामा आयोजित एक कार्यक्रमको प्रमुख अतिथिको आसन्नबाट बोल्दै प्रदेशसभा सदस्य यादवले यस्तो बताएका हुन् ।

उनले नगर क्षेत्र भित्र रहेका समस्याहरुको पहिचान गरि त्यसको उचित समाधानका लागि नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे ।

उनले शिक्षा, स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरुप्रती आफू गम्भिर रहेकोले त्यसका लागि प्रदेश स्तरबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

“म यसै क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य रहेको नाताले यस पालिकाको विकासका लागि हरसम्भव प्रयत्नरत रहने छु ।” उनले भने, “बिकासिय कार्य तथा योजनाहरु सानो सानो रुपमा हरेक वडा स्तरबाट संचालन भइरहेकोले नगर क्षेत्रलाइ सौन्दर्यकरण गर्न र सम्पुर्ण वडालाई एक साथ बिकासको बाटोतर्फ डो¥याउन एउटा मास्टर प्लानको तहत बृहत् योजना बनाएर अगाडि बढाउनुपर्छ ।”

सप्तरी क्षेत्र नं. २ को २ बाट निर्वाचित प्रदेशसभा सदस्य यादवले यस्ता बृहत मास्टर प्लानका लागि आफ्नो पनि सहयोग रहने र जसरी भए पनि नगरपालिका क्षेत्रभित्र लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन, योजना शाखा प्रमुख तथा १६ वटै वडाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]