०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

भ्रष्टाचारको आरोप लगाउदै विद्यार्थीहरुले दले प्रधानाध्यापकलाई कालोमोसो

Logo
प्रकाशित बुधबार, माघ १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१८ माघ। धनुषाको शहिदनगर नगरपालिका ७ धवौलीमा रहेको एस.एन.आर. जनता माविका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारलाई विद्यार्थीहरुले दुव्र्यवहार गरेका छन् ।

पठनपान अस्तव्यस्त पारेको र करोडौं रुपैया भ्रष्टाचार गरेको भन्दै विद्यार्थीहरुले प्रधानाध्यापक गोहिबारमाथि कालो रंग फालेर दुव्र्यवहार गरेका हुन् । विद्यार्थीहरुले प्रधानाध्यापक गोहिवारमाथि कालो रंग दल्नुका साथै विद्यालयमा तालाबन्दी समेत गरेका छन् ।

पठनपाठन सुधार्न र हरहिसाव सार्वजनिक गर्न पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेपछि बाध्य भएर प्रधानाध्यापक गोहिवारमाथि कालोमोसो दलेको विद्यार्थी सुजित कुमार मण्डलले बताए ।

उनले भने, ‘यस्तो हेडसर हामीलाई चाहिदैन । विद्यालयमा कुनै नियम नै छैन । सरस्वती पूजामा घटना हुँदा पनि केहि गर्नुभएन ।’ भवन निर्माण, छात्तवृत्ति र पोशाक वितरण, कम्प्यूटर खरिद लगायतका शिर्षकमा प्रधानाध्यापक गोहिवारले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको उनले आरोप लगाए ।

अर्का विद्यार्थी जयकिसन पासवानले कक्षाकोठा समेत सफा नहुने गरेको गुनासो गरे । उनले भने, ‘४÷५ दिन भयो लोखर्के (लुखी) मरेको । तर अहिलेसम्म क्लास सफा गरिएको छैन । गन्हाइरहेको छ ।’

उनले प्रधानाध्यापक गोविवार चरम लापरबाही गर्ने गरेकाले अर्को प्रधानाध्यापक नआएसम्म विद्यालयमा तालाबन्दी जारी राख्ने चेतावनी दिए । उनले छात्रवृत्ति वितरण र पाठ्यपुस्तकको भर्पाइ, धानबालीबाट भएको आम्दानी र खर्च विवरण, खाजा व्यवस्थापन खर्चको विवरण लगायत सबै हरहिसाव सार्वजनिक गर्नुपर्ने पनि माग गरे ।

प्रधानाध्यापक गोहिवारमाथि अभिभावकहरु पनि आक्रोश पोखेका छन् । अभिभावक दिपेश यादव भन्छन्, ‘उहाँ (प्रधानाध्यापक) आएदेखि अहिलेसम्म अभिभावक भेला गर्नुभएको छैन । यो विद्यालयमा उहाँले चरम लापरबाही गर्नुभएको छ । त्यसैले विद्यार्थीहरुले गरेको कारबाही सही हो ।’

अभिभावक यादवले पनि सरकारले बालबालिकाका लागि खाजाको व्यवस्था गरिए पनि प्रधानाध्यापक गोहिवारले कहिल्यै खाजा नखुवाएको बताए । उनले विद्यालयको रुख विरुवाहरु अनाधिकृत रुपमा कटान गरी रुपैयाँ चलाएको पनि प्रधनाध्यापक गोहिवारमाथि आरोप लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]