१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

इनर्वादेखि सघारा हुदै यदुकूहासम्म कालोपत्रे सडकको कार्य सुरु

Logo
प्रकाशित आइतबार, माघ २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ माघ । पुर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकादेखि धनुषाको शहिदनगर नगरपालिकासम्म कालोपत्रे सडक कार्य थाल्नी गरेको छ।

जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ इनर्वा मल्हनीयाँदेखि शहिदनगर नगरपालिकाको वडा नं. ३ यदुकूहासम्म कालोपत्रे सडकको शनिबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।

जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले शनिबार बन्न लागेको कालोपत्रे सडकको शिलान्यास गरेका हुन् । पूर्वी सीमावर्ती क्षेत्रमा गाउँ–गाउँ जोडने पहिलो पटक कालोपत्रे सडक निर्माण हुन लागेको हो ।

जनकनन्दिनी गाउँपालिकाको वडा नं. १ मै पर्ने सीमावर्ती गाउँ इनर्वादेखि मल्हनीया–फुलबरिया–बनरझुला–साघारा चोक हुँदै टरिया लक्कड–सखुवा मडान तथा नरहा नाथपट्टि हुँदै ताराटोल–यदुकूहा बजारसम्म ८ किलोमिटरको कालोपत्रे सडक निर्माण हुन लागेको हो ।

लक्ष्मणरेखा नामक कन्सट्रक्सन कम्पनीलाई परेको सो ठेक्काको प्राथमिक लागत १२ करोड रुपैयाँ रहेको छ ।आज आइतबारदेखि नै कालोपत्रेको कार्य सुरु हुने जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]