१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

डा.शरद यादव जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित आइतबार, माघ २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ माघ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य डा. शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।

आइतबार काठमाडौंस्थित बुद्धनगरमा रहेको जनमत पार्टीको कार्यालयमा एक कार्यक्रम बीच डा .यादव जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेको हो ।अध्यक्ष राउतले नेता डा. यादवलाई सदस्यता समेत प्रदान गरेका छन् ।

डा. यादव मधेश आन्दोलनका अगुवा भनेर चिनिन्छ । जनमतमा प्रवेश गरेपछि उनले नयाँ राजनीतिक जीवन सुरु गरेको बताए ।

उनले जनमत पार्टीको साधारण कार्यकर्ताको रुपमा संगठन निर्माणमा लाग्नेछु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]