न्यूजमधेश डेस्क
काठमाडौं ,३ फागुन।बालविवाह तथा दाइजो उन्मुलन अभियानका अभियन्ता डा.सीके सिंह जनमत पार्टीमा प्रवेश गरेका छ्न।
मंगलबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यलयमा एक समारोह बिच अभियन्ता डा.सिंह जनमत पार्टीमा प्रवेश गरेका हुन।
उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा लगाएर पार्टीमा स्वागत गरेको छ।अध्यक्ष डा.राउतले उनलाई पार्टीको सदस्यतासमेत प्रदान गरेका छ्न।
अभियन्ता डा.सिंह सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-६ मधेपुरा निवासी हुन। उनले काठमाडौँको विभिन्न कलेजहरुमा अध्यापन गराउनुको साथै अनाटोमी र फिजिओलोजीको किताबहरू पनि लेखेका छन्।