०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

प्रहरीकै सेटिङमा सिमानाकामा बढ्यो तस्करी

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०४, २०७९

न्यूजमधेश डेक्स
रौतहट, ४ फागुन । रौतहट जिल्लाको सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षाको लागि खटाइएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करी गराउनमा व्यस्त रहेको देखिएको छ । जिल्लाको बंकुल र नरकटिया एरियाबाट व्यापक रूपमा विभिन्न सामाग्रीहरू ओसारपसार भइरहेको छ ।

जिल्लाकै दोस्रो छोटी भन्सारको रूपमा बंकुल स्थित रहेको छ । तर त्यहाँ भन्सार कार्यालय भएपनि नेपाल सरकारले कर्मचारी नखटाएकोले त्यसको दोहोरो फैदा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल पोष्ट आउट सरमुजवाका प्रहरी निरीक्षक बिष्णु उप्रेतीले आफ्नो निगरानीमा मोटो रकम लिई खुल्याम नेपाल सरकारको राजस्व छलि गराई तस्करहरूसँग लाखौंलाखको असुली गरिरहेका छन् ।

त्यस्तै मोतिपुर नगरकटिया चौकीको प्रमुख असई लाल बहादुर तामाङ्गले पनि निरीक्षक उप्रेतीसँग मिलेर जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुख वीर बहादुर बुढा मगर र सशस्त्र प्रहरी बल कार्यालय रौतहटको प्रमुख माधव रेग्मीलाई बदनाम गर्न उहाँहरूको निर्देशन विपरीत दुबै जना मिलेर खुल्याम कपडा, खैनी, मोबिल,चिनि, तेल, मोटरसाइकल, ट्याक्टर, चिप, स्कारपियोको स्पेयर पार्टस, कुखुराको चल्लो, मलखाद्य, हाडवेयरको सामाग्री लगायत विभिन्न सामाग्री तस्करी गराई सो बापतको मोटो रकम असुली गरिरहेको छ ।

भारतीय बजार चैनपुर, घोडासहन, ढाका मोतिहारीबाट नेपाल भित्र्याउन बंकुल र नरकटिया नाकालाई प्रयोग गरिरहेको छ । ति तस्करहरूको कारण आफ्नो घर परिवारका लागि ल्याउने सामाग्रीलाई प्रहरीले समात्ने तर तस्करहरूबाट निरीक्षक उप्रेती र असई तामाङ्गले जुनसुकै अवस्थामा त्यहाँबाट रकम कमाउने उदेश्यले आफै तस्करलाई संरक्षण गरि कुन वेला कसरी समान नेपाल भित्र्याउने समय र बाटो समेत देखाउने गरिरहेको एक व्यापारीले नाम नखोल्ने सर्तमा बताएका छन् ।

तस्करीको मुख्य हब रामपुरखाप, मोतिपुर नरकटिया, बंकुल नाका अहिले बनेको छ त्यसको कारण नेपाल प्रहरीका असई तामाङ्ग र सशस्त्र प्रहरीको निरीक्षक उप्रेती हुन । सानोतिनो गाउँ–घरमा पसल थापेर घर परिवारको जीवन यापन गर्न केही समान ल्याउनेलाई दुख दिने समान समातिएर जिल्ला पठाइदिने तर ठूलो तस्करलाई बिहान–बेलुका र राति उसको घरमै पुगेर खाजा, खाना र आफै त्यहा बसेर भारतबाट समान नेपाल भित्र्याउन लगाउने कार्य समेत गरिरहेको पीडित एक व्यवसायीले बताए ।

ठूलो तस्करहरूबाट महिनाको ३० हजार देखि १ लाख सम्म लिइरहेका छन् अनि मिलेमतोमा दिनहु तस्करीको मेन अखाडा बनेको स्थानीयहरूले जनाएका छन् । तस्वीरमा जस्तै चिनी, कपडा, मैदा, मोटरसाइकलको स्पेयपट पुर्जाको, समाग्री लगायत अन्य लाखौं, लाखको माल समान तस्करी भइरहेको र प्रहरी मुर्खदर्शन बनेको स्थानीय बासिन्दाले बताएका छन् ।

नेपाल प्रहरीका असई तामाङ्ग र सशस्त्र प्रहरीको निरीक्षक उप्रेतीले जिल्लामा नयाँ सिडियो र सशस्त्र प्रहरीका नयाँ एसपी आएको मौका छोपेर कमाउ धन्दामा लागेको स्थानिय बासिन्दाको भनाई रहेको छ । कमाउ धन्दामा लागेका उप्रेती र तामाङ्गलाई तत्काल सो स्थानबाट सरुवा गर्न स्थानिय बासिन्दाले माग समेत गरेका छन् । उप्रेती र तामाङ्गको मिलोमतोमा गाई, भैसीको समेत तस्करी बढ्दै गएको स्थानियको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]