०२ बैशाख २०८२, बुधबार
16-04-2025 , Wed
×

जनकपुरमा भोली महिला तिज उत्सव हुने

Logo
प्रकाशित आइतबार, भाद्र ०८, २०७६

मनिष ठाकुर,जनकपुरधाम।तिज पर्वको अवसरमा मिनु ब्यूटी पार्लर र नेपाल घरेलु तथा साना उधोग महासंघको संयुक्तरुपमा आयोजना गरिएको महिला तिज उत्सव भोली सोमबार मसाला कोटेजमा हुने भएको छ।

शशुल्क रहेको महिला तिज उत्सवमा महिलाहरुलाई मनोरञ्जनका लागि विहान १० बजे देखि साझ ५ बजे सम्मको कार्यक्रम राखिएको छ।

कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता देखि लिएर सांस्कृतिक पहिरन प्रतियोगिता ,म्युजिक चेयर डान्स लगाइत धेरै मनोरञ्जन कार्यक्रमहरु राखिएको आयोजक मनिश राउतले जानकारी दिए। १ हजार रुपैयाको टिकटको व्यवस्था गरेको आयोजकले महिलाहरुलाई मनोरञ्जन प्रतियोगिताको संगै कोल्ड डिरिङ्क ,चिया,नास्ता र खानाको समेत व्यवस्था गरेको छ।

जनकपुरधाममा पहिलो चोटि भव्यरुपमा आयोजना गर्न लागिएको महिला तीज उत्सवमा १५० जना भन्दा बढी विवाहित तथा अविवाहित महिलाको सहभागिता  रहेको आयोजकले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]