१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२६ फागुन। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ ।

द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने भनी दिएको सार्वजनिक अभिव्यक्तिका आधारमा ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्डविरुद्ध रिट दायर गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित थारू माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई आधार बनाएर मंगलवार मुद्दा दायर गरिएको हो ।

शुरूमा सर्वोच्च अदालत प्रशासनले दरपिठ गरिदिएको रिट दर्ता गर्न न्यायाधीश खतिवडा र अर्का न्यायाधीश हरि फुयाँलको इजलासले दर्ता गर्न आदेश दिएको थियो । यसअघि बिहीवार विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको रिट इजलास नै नबस्दा सुनुवाइ हुन सकेको थिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]