न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ फागुन । जनमत पार्टीले उपराष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारकाे नाम टुङ्गाे लगाएकाे छ ।
सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सार्दै उम्मेदवारी दिने बताएकाे छ ।
सप्तरीकी ममता झा जनमत पार्टी सप्तरीको इन्चार्जसमेत रहेका हुन। ५३ वर्षीया झा सदभावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिइन् ।
पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको हाे ।