२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्षमा लक्ष्मण थारु, आन्दोलन उद्‍घोष गर्दै

Logo
प्रकाशित सोमबार, भाद्र ०९, २०७६

काठमाडौ । टीकापुरमा आयोजित तीन दिने सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन भएको हो।आइतबार सम्मन्न भेलाले लक्ष्मण थारुको संयोजकत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। मोर्चामा प्रवक्ताका रुपमा मिनराज चौधरी र महासचिवमा तुल्सी थारुलाई राखिएको छ। आइतबार पत्रकार सम्मेलनमार्फत् १५ बुँदे टीकापुर घोषणापत्र सार्वजनिक गरिँदैछ।

उक्त मोर्चाले चरणबद्ध आन्दोलन घोषणा गर्दैछ। नयाँ संविधानका केही धारा, उपधारा संशोधन हुनुपर्ने, टीकापुर घटनाका राजवन्दीहरुलाई बिना सर्त रिहाई गर्नुपर्ने, थरुहट स्वायत्त प्रदेश हुनुपर्ने, संविधानले ग्यारेन्टी गरेको समानुपातिक समावेशी कार्यन्वय गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन घोषणा गर्न लागेको हो।

राष्ट्रिय सम्मेलनका संयोजक मिनराज चौधरीले १६ पृष्ठको आवधारणा प्रस्तुत गर्दै थरुहट आन्दोलनको प्रस्ताव गरेका थिए। देशभरिबाट आएका प्रतिनिधिहरुले आन्दोलनको विकल्प नरहेको बताएका थिए। तर आन्दोलनको स्वरुप कस्तो रहनेबारे सबैले प्रश्न गरेका थिए।

उद्‍घाटन सत्रमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि थारुहरुलाई विद्रोहबाटै अधिकार पाउने भएकाले विद्रोह नरोक्न आग्रह गरेका थिए। उनले उक्त विद्रोहमा आफ्नो र आफ्नो पार्टीको सहभागितासमेत रहने बताएका थिए।

यता लक्ष्मण थारुले भने सबै पक्षलाई मिलाएर अगाडि बढ्ने बताए।‘यो आन्दोलन मेरो ब्यक्तिगत आन्दोलन होइन। हामी थारुको अधिकारका निम्ति आन्दोलन उद्‍घोष गर्दैछौं। यो आन्दोलनमा सबै पक्षलाई मिलाएर लैजनाले दायित्व हामीमाथि आइपरेको छ। पक्कै पनि साथीहरु निस्वार्थरुपमा यो आन्दोलनमा सहभागी बन्नुहुनेछ भन्ने अपेक्षा गरेको छु,’ उनले थारुवानसँग भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]