१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

मोरबैता बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघ प्यानलसहित विजयी

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९

जनकपुरधाम,६ चैत ।सिरहाको सूर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघ प्यानलसहित विजयी भएको छ ।

जनमत विद्यार्थी संघबाट सभापतिमा दीपेन्द्रकुमार यादव ६६ मतान्तरले विजयी भएका छन् ।

उनले १९७ मत ल्याएर विजयी हुँदा निकटमत प्रतिद्वन्द्वी संयुक्त तीन दलीय विद्यार्थी गठबन्धनबाट सभापतिका उम्मेदवार अमितकुमार राय यादव १२१ मत पाएको छ ।

जसपा, लोसपा र एकीकृत निकट विद्यार्थी युनियनको गठबन्धन रहेको थियो ।

यस्तै तेस्रोमा अनेरास्ववियु (अखिल ) का उम्मेदवार धिराज यादव ८४, अखिल क्रान्तिकारीका सतिश मण्डल ७० र नेविसंघका नवरतन साह ४२ मत मात्र प्राप्त गरेका छन् ।

जनमतबाटै सचिवमा विवेककुमार मण्डल, कोषाध्यक्षमा सुस्मिताकुमारी सिंहसहित सबै सदस्य निर्वाचित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]