१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

निर्वाचन खारेज गरी पुनः अर्काे मितिमा गराउन सप्तरीका चार विद्यार्थी संगठनको माग

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९

न्यूजमधेश डेस्क
राजविराज,६ चैत्र । सप्तरीका चार प्रमुख विद्यार्थी संगठनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्वबियू) को निर्वाचनमा धाँधली गरिएको बताएका छन् ।

नेपाली कांग्रेस निकट नेवि संघ, नेकपा एमाले निकट अनेरास्वबियू, एकीकृत समाजवादी निकट समाजवादी अनेरास्वबियू र जनमत पार्टी निकट जनमत विद्यार्थी संघले आईतबार प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।

‘निर्वाचनमा निर्वाचन समितिका पदाधिकारीले एउटा मात्रै प्यानललाई जिताउन गरेको प्रयासप्रति हामी मर्माहत भएका छौं’ बिज्ञप्तीमा भनिएको छ, ‘निर्वाचन प्रजातान्त्रिक विधी भएपनि त्यसको खिल्ली उडाउँदै एकतर्फा रुपमा एउटा प्यानललाई मात्रै मतदान गर्ने वातावरण बनाएको छ ।

यो अवस्थालाई हेरी हामी नारावाजी गर्दा केहि बेरका लागि मतदान रोकिएको थियो । तर, त्यसपछि प्रहरीको बलमा निर्वाचन समितिले समाजवादी विद्यार्थी युनियन निकटका मतदातालाई भित्र छिर्न लगाई मतदान गर्न लगाएका छन् ।’

एकतर्फी रुपमा यसरी गराइएको निर्वाचनको कुनै तुक नभएको भन्दै बिज्ञप्तीमा यसको घोर भत्र्सना गरिएको छ ।

निर्वाचन खारेज गरी पुनः अर्काे मितिमा गराउन र निर्वाचन अधिकृत रामाशिष यादवले एक मात्र प्यानललाई जिताउन प्रयास गरेकाले उनलाई पनि पदबाट हटाएर कार्वाही गर्न माग गरिएको छ ।

‘माग पूरा नभए हामी यो निर्वाचनलाई कुनै पनि हालतमा नमान्ने र चरणबद्ध आन्दोलनमा उत्रिनेछौं’ बिज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनपछिको परिणामको सम्पूर्ण जिम्मेबारी सम्बन्धित निकाय नै हुनेछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]