०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

जनमत पार्टीले धनुषासहित ६ जिल्लामा नयाँ ईन्चार्ज तोकिए

Logo
प्रकाशित शनिबार, चैत्र ११, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ चैत। जनमत पार्टीले मधेश प्रदेशका धनुषासहित ६ जिल्लामा नयाँ जिल्ला ईन्चार्ज चयन गरेका छन् ।

शनिबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले जारी विज्ञप्तीमा मधेश प्रदेशका ६ जिल्लाको ईन्चार्ज , संयोजक र सहसंयोजक तोकिएको छ ।

धनुषाको ईन्चार्जमा सुरेन्द्र मण्डललाई चयन गरेको छ।त्यसैगरी ,सिरहाको ईन्चार्जमा बिनोद यादव, महोतरी ईन्चार्जमा सौरभ साह, सर्लाही ईन्चार्जमा श्रीचन राय यादव र रौतहटको जिल्ला ईन्चार्जमा बृजकिशोर यादव चयन भएका छन् ।

पर्सा जिल्लामा भने ईन्चार्ज, संयोजक र सहसंयोजक पनि तोकिएको छ । जिल्लाको ईन्चार्जमा माधव प्रसाद सिंह चयन भएका छन भने संयोजकमा ओम प्रकाश सर्राफ चयन भएका छन् ।

सरार्फ गत साता मात्र जनमतमा प्रवेश गरेका हुन । पर्साको सहसंयोजकमा मुकेश द्विवेदी चयन भएको विज्ञप्तीमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]