०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

किसानलाई सस्तो र सहुलियत दरमा ऋण उपलब्ध गराउन मन्त्री ई.कुशवाहाको पहल

Logo
प्रकाशित मंगलबार, चैत्र १४, २०७९

जनकपुरधाम ,१४ चैत।मधेस प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई बढीमा ७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ।

मधेस प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई वसन्त कुशवाहाले किसानका लागि सस्तो र सहुलियत दरमा ऋण उपलब्ध गराउने बताए।

देशमा दिनानुदिन मिटर ब्याजीको समस्या दिनानुदिन विकराल हुँदै गएको र मिटर ब्याजीबाट सबैभन्दा बढी पीडित किसान भएकोले राहतका लागि सस्तो र सुलभ रुपमा ऋण उपलब्ध गराउन लागिएको अन्नपूर्णलाई जानकारी दिए।

उनले भने, ‘मधेस प्रदेशको अधिकांश जनता कृषि निर्भर रहेकाले उनीहरूको समस्या सम्बोधनका लागि तथा किसान कार्यका लागि काठमाण्डौंका बैंक व्यवस्थापन पक्षसँग साकारात्मक छलफल भएको छ। बैंकको तर्फबाट पनि सहुलियत दरमा ऋण उपलब्ध गराउन साकारात्मक कुराकानी भएको छ।’

उनले भूमिहीन किसान देखि निम्न वर्गीय, साना देखि ठुला किसानको कृषि कार्य तथा खाद्य उपजबाट सञ्चालन हुने उद्योग, कृषि, उपजको बजारीकरण र बिउ विजनको खरिद बिक्रीका लागि ऋण उपलब्ध गराउन लागिएको हो।

ऋणको सही सदुपयोगका लागि कृषि सेवा केन्द्र,कृषि विज्ञ केन्द्र, कृषि परामर्श सेवा तथा कल सेन्टर समेत सञ्चालन गरी किसानलाई कृषि कार्यमा सहजीकरण हुने मन्त्री कुशवाहाको भनाइ छ।

उनले भने,‘कृषकको हरेक समस्या समाधानका लागि मन्त्रालयले पहल गर्छ। खाद्य मलदेखि बिउ बिजन तथा खाद्य उत्पादनलाई उद्योगमा परिणत गर्नेसम्मको सहयोग किसानलाई मन्त्रालयले गर्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]