०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

जसपाले बारा २ का जनतालाई धोका दिँदै,हरुवा उपेन्द्रलाई बनाए उम्मेदवार

Logo
प्रकाशित आइतबार, चैत्र २६, २०७९

काठमाडौं : आफू संसद छिर्न सोझा रामसहाय यादवलाई उपराष्ट्रपति बनाएका उपेन्द्र यादवले बारा २ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

सप्तरी २ बाट सीके राउतसँग नराम्रोसँग चुनाव हारेका उपेन्द्रले जनताको म्यान्डेटलाई अपमान गर्दै चुनाव लड्न लागेका हुन् । मधेश आन्दोलनको नाममा पटक पटक सत्तामा गएर एजेण्डा बिर्सिएका उपेन्द्रलाई सप्तरीका जनताले सबक सिकाएका थिए ।

मधेशी जनतालाई धोका दिएको भन्दै बेमौत हराएका थिए । तर जनताले दण्डित गर्दा पनि उपेन्द्र चेतेनन् । आफूले गरेको गल्तीको समीक्षा गरेनन् । उल्टै सत्ताको नशामा एउटा हार पनि सहन सकेनन् । संसद छिर्न अनेक दाउपेचमा लागेका छन् ।

सप्तरीका जनताबाट दण्डित उपेन्द्र अहिले बारा २ बाट चुनाव लड्ने तयारीमा छन् । सप्तरीका जनताको अपमान गर्दै बारा २ पुगेका छन् । बारा २ का जनताले सादगी नेता रामसहायलाई जिताएका थिए । तर उनी उपराष्ट्रपति बनेपछि सप्तरीका हरुवा उपेन्द्र बारा २ मा आएका छन् । यो जनमतको अपमान भएको बताउँछन् बारा २ निवासी गजेन्द्र यादव । ‘हामीले सादगी नेता रामसहाय यादवलाई मत दिएका हौं । उहाँ उपराष्ट्रपति हुनुभयो ।

रामसहाय यादवको राजनीतिक करियर बरबाद गरेका उपेन्द्रलाई बाराका जनताले हिसाब लिने स्थानीय रमेश यादवले बताए ।

अब बाराकै नेता कार्यकर्ताले टिकट पाउनुपर्छ । बाहिर हारेकालाई यहाँ ल्याएर संसद पठाउने भर्याङ हाम्रो क्षेत्र हुँदैन । बाहिर बाट कोही आए डाँडा कटाउँछौं,’ उनी भन्छन् । राष्ट्रिय राजनीतिमा पनि एउटा चुनावको हार सहन नसक्ने भन्दै उपेन्द्रको चर्को आलोचना भइरहेको छ । यदि उपेन्द्रजस्तै सबै नेताले कहिल्यै नहार्ने र दाउपेच गरेर संसद छिर्ने हो भने लोकतन्त्र र संसदको गरिमा धुलिसात हुने चिन्ता राजनीतिक वृत्तमा छ ।

यता ,बारा -२ का सुनिल यादवले यहाँका स्थानीय नेतालाई हामिले चिताउने भन्नुभयो ,’उहाँले बारा -२ बाहिरबाट हारेर आएका नेतालाई हामि मान्दैनन्,आफ्नै क्षेत्रका धर्तिपुत्रलाई जिताएर पठाउने उनले दाबी गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]