०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

बारा-२ मा जनमतको जित सुनिश्चित रहेको कुशवाहाको दाबी

Logo
प्रकाशित शनिबार, बैशाख ०२, २०८०

कलैया : डा.सीके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट बारा–२ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका शिवचन्द्र कुशवाहाले आफू स्थानीय भएका कारण आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् ।

आफ्नो प्रतिस्पर्धा कसैसँग नरहेको बताउँदै ‘बाहिरबाट चुनाव हारेर बारा आएका उम्मेदवारसंग हाम्रो प्रतिस्पर्धा हुनै सक्दैन’ उनले भने,’बारा-२ का जनताको अधिकारी उम्मेदवार आफू रहेको हो।’ बाहिरबाट आएका उम्मेदवारले चुनाव जित्दैन,जनताले मलाई जिताउने कुशवाहले दाबी गरेका हुन।

शिक्षा ,स्वास्थ्य ,रोजगारी र किसानको समस्यालाई आफ्नो मुख्य चुनावी एजेन्डा रहेको उम्मेदवार कुशवाहाले भने।उनले ‘मधेशमा किसानका समस्याहरु बारे कुनै पार्टीले आवाज उठाउदै ,जनमत पार्टीले मात्रै किसानहरुको हक अधिकारको लागीसमेत आन्दोलन गरेको छ।’ कुशवाहाले हाम्रो पार्टीका सांसदहरुले किसानको समस्यहरु बारे आफ्ना कुरा पटकपटक सांसद भवनमा राख्दै आइरहेको छ।

यस निर्वाचन क्षेत्रबाट दुई पटक जसपाका उम्मेदवारले चुनाव जितेर गएकाहरुले जनताको मतको सम्मान गर्न सक्दैनन् ,जनताले चाहे अनुसारको विकास गर्न सकेको छैनन् ।सडक,पुल पुलेसाका कुरा भए,जनताको दैनिक कामकाजका समस्याहरुमा पनि उनिहरुको सहभागिता कतै देखिएनन् ।त्यसैले जनताहरुले भनिरहेका छ्न ,कि अब यहीँ क्षेत्रका धर्तिपुत्रलाई जिताउने कुशवाहले बताए।उनले आफू दिनरात जनताको सेवामा समर्पित रहेको भन्नुभयो ।

गत मंसिरमा सप्तरी -२ बाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले ठूलो मतान्तरले हारेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पाँच दलको गठबन्धनको तर्फबाट उम्मेदवार बनेको छ।त्यसैगरी ,राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रमेश खरेल ,नेकपा एमालेको तर्फबाट पुरुषोत्तम पौडेलले चुनावी मैदानमा होमिएका हुन।

यतिखेर उम्मेदवारहरुले आफ्ना चुनावी प्रचारप्रसार व्यस्त देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]