०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

जनकनन्दिनी गाउँपालिकामा कालोपत्रे सडकको शिलान्यास

Logo
प्रकाशित शनिबार, बैशाख २३, २०८०

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ बैशाख।धनुषाको जनकनन्दिनी गाउँपालिकामा प्रथम पटक गाउँपालिकास्तरीय बजेटबाट कालोपत्रे सडक बन्न सुरु भएको छ ।

शनिबार एक कार्यक्रमबीच गाउँपालिका वडा नं. ६ कठालको बौसी टोलस्थित सडकको शिलान्यास गरेको हो । गाउँपालिका अध्यक्ष दिपिन देव यादव, उपाध्यक्ष कमला सहगल र वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादवले सँयुक्त रुपमा सडक शिलान्यास गरेका छन् ।

जनकनन्दिनी गाउँपालिको आर्थिक लगानीमा गाउँपालिका अध्यक्ष दिपिन देव यादवले कालोपत्रे सडक बनाउन पहल गरेका थिए । गाउँपालिकास्तरबाट प्रथम पटक सो गाउँपालिकामा पीच सडक निर्माण हुन लागेको हो ।

गत बैशाख ११ गते टेन्डर निकाल्दै जनकनन्दिनी गाउँपालिकाले २ किलोमिटर भन्दा अधिक लामो बन्न लागेको कालोपत्रे सडकको लागि राजदेवी आदर्श जेभि कम्पनीलाई ठेक्का परेको हो ।

कमला नदीस्थित निर्माणधीन रहेको झोलुँगे पुलको सडक सँजालसँग जोडदै कठाल टोलको वडा कार्यालयसम्म तत्कालै पीच सडक बन्ने भएको छ । जसको लागि गाउँपालिकाले ३ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

शिलान्यासको लागि वडा नं. १ का वडाध्यक्ष सँतोष गोईत, वडा नं. २ का वडाध्यक्ष अब्दुल मालिक “रखु”, वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साह, वडा नं. ४ का वडाध्यक्ष दिलीप यादव, वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डल वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादवसहित सबै वडाका वडासदस्यहरु, प्राविधिक शाखाका मुकेश कुमार मण्डलसहित स्थानीय बुद्धिजीवी, समाजसेवीहरुको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]