०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

उखुकाे पैसा नपाएका किसानलाई सम्पर्कमा आउन मन्त्री कुशवाहाकाे अपिल

Logo
प्रकाशित आइतबार, बैशाख २४, २०८०

न्यूजमधेश डेस्क
जनकपुरधाम,२४ बैशाख । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मधेशका उखुमिलबाट पैसा लिन बाँकी किसानलाई सम्पर्कमा आउन अपिल गर्नुभएकाे छ ।

मन्त्री कुशवाहाले अधिकांश चिनी मिलले किसानलाई भुक्तानी दिएकाे जानकारी आएकाे बताउँदै कुनै चिनी उद्योगले किसानलाई भुक्तानी दिन बाँकी भए सम्पर्कमा आउन अपिल गर्नुभएकाे हाे ।

मन्त्री कुशवाहाले पीडित किसानकाे विवरण र भुक्तानी नदिने उद्याेगकाे विवरण उपलब्ध गराए भुक्तानीका लागि पहल गरिने जानकारी दिनुभयाे ।

मन्त्री कुशवाहाले पीडित किसानका लागि सचिवालयमा सम्पर्क गर्न समेत अनुराेध गर्नुभएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]