०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

जनमत पार्टीले तीनवटै तहका उम्मेदवारलाई बनायो पार्टी सदस्य

Logo
प्रकाशित बिहिबार, बैशाख २८, २०८०

जनकपुरधाम ,२८ बैशाख। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पार्टीको राष्ट्रिय परिषद् र प्रदेश समितिका पदेन सदस्यहरू तोकेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन तथा उपनिर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूलाई पार्टीको राष्ट्रिय परिषद्का पदेन सदस्यमा राख्ने निर्णय भएको उनले जानकारी गराएका छन् । जनमत पार्टीले राष्ट्रिय परिषद्मा ९० जनालाई पदेन सदस्यको रूपमा सहभागी गराएको छ ।

त्यस्तै, प्रदेश सभा सदस्य निर्वाचनमा जनमतबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार भएकाहरूलाई सम्बन्धित प्रदेश समितिका पदेन सदस्यमा राख्ने निर्णय भएको अध्यक्ष राउतले जानकारी गराएका छन् । कोशी प्रदेशको प्रदेश समितिमा २१ जना, मधेस प्रदेशको प्रदेश समितिमा १०१ जना समावेश गराएको जनमतले जनाएको छ ।

बागमती प्रदेशको प्रदेश समितिमा आठ जना, गण्डकी प्रदेशको प्रदेश समितिमा चार जना, लुम्बिनी प्रदेशको प्रदेश समितिमा ३० जना र सुदूरपश्चिम प्रदेशको प्रदेश समितिमा पाँच जनालाई समावेश गराएको जनमत पार्टीले जनाएको छ ।

राष्ट्रिय परिषद् तथा प्रदेश समितिहरूमा अन्य सदस्यहरू मनोनीत गरी राष्ट्रिय परिषद् तथा प्रदेशका कार्यकारिणी समितिहरू गठन गरिने अध्यक्ष राउतले बताए । ती समितिहरू गठन नभएसम्म जनमत पार्टीका अध्यक्ष राउतको संयोजकत्वमा राष्ट्रिय परिषद् तथा प्रदेश इन्चार्जहरूको संयोजकत्वमा प्रदेश समितिहरूको विस्तार तथा अधिवेशनको प्रक्रिया अगाडि बढाइने जनमत पार्टीले जनाएको छ ।

त्यसैगरि, स्थानीय निर्वाचनमा पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा उठेका उम्मेदवारहरू स्वतः सम्बन्धित जिल्ला समन्वय समितिका सदस्य हुने जनमतले निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]