काठमाडौं,८ जेष्ठ । जनमत पार्टीको केन्द्रीय समिति बैठक जेठ १२ गते हुने भएको छ ।
पार्टीको विभिन्न विषयमा छलफलका लागि केन्द्रीय समितिको बैठक बोलाइएको पार्टीले जनाएको छ ।
काठमाडौंको कोटेश्वरस्थित होटल तपोवनमा विहान ७ बजेदेखि बैठक राखिएको पार्टीकी सचिव अनिता साहद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय तथा प्रदेश एवं प्रतिनिधिसभाको निर्वाचन पछि पार्टीको केन्द्रीय समिति बैठक भौतिक रुपमा राखिएको थिएन ।