काठमाडौं, १३ जेठ। जनमत पार्टीका अध्यक्ष सीके राउतले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।
शनिबार बिहान नयाँदिल्ली गएका डा.राउतले चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । जनमत पार्टीका नेता बीपी साहका अनुसार राउतले अरु भारतीय नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
‘उहाँ अझै केही दिन भेटवार्तामै रहनुहुनेछ । भेटवार्ता राजनीतिक हो’, साहले भने ।