०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै

Logo
प्रकाशित आइतबार, जेठ १४, २०८०

काठमाडौं,१४ जेठ।गौर हत्याकाण्डका दोषीलाई कारबाही माग गर्दै पीडित परिवारले आज (आइतबार) सर्वाेच्च अदालतमा मुद्दा हाल्दै छन्।

उक्त हत्याकाण्डमा मारिएका रौतहट बौद्धिमाई नगरपालिका–८ का नर्मदेश्वर उपाध्यायकी पत्नी रूपसागरदेवीले आफूसमेत पीडित परिवारका पाँच जनाले न्यायको माग गर्दै आज सर्वाेच्च अदालतमा निवेदन दिन लागिएको जानकारी  दिए।

आज १७ वर्ष भइसक्यो, हामीले न्याय पाउन सकेनौँ’, आइतबार बिहान उनले भनिन्, ‘३/४ चोटि आन्दोलन गर्‍यौँ, अनशन बस्यौैँ, प्रचण्डजीलाई ३/४ चोटि भेट्यौँ, ओलीजी प्रधानमन्त्री हुँदा पनि कुरा राख्यौं, तर अहिलेसम्म न्याय पाएनौँ, त्यसैले आज सर्वाेच्चमा मुद्दा हाल्दै छौँ।’

तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवसहित घटनाका ‘दोषी’विरुद्ध कारबाहीको माग गरी सर्वाेच्चमा मुद्दा हाल्न लागिएको रूपसागरदेवीले बताइन्।

त्यसो त हाल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवदेखि पूर्वसभासद बबन सिंहसम्म १ सय १३ जनाविरूद्ध राैतहट प्रहरीमा कर्तव्य ज्यान मुद्दा दर्ता छ। जसलाई प्रहरीले फरारको सूचीमा राखेको छ।

‘तर अहिलेसम्म कारबाही भएन, उपेन्द्र यादव खुला रूपमा हिँडिरहेका छन्’, रूपसागरदेवीले दुखेसो गरिन्।

रूपसागरदेवीका अनुसार मुद्दा हाल्न विभिन्न जिल्लाबाट चारजना पीडित काठमाडौं आएका छन्। उनीसमेत पाँचजनाले आज सर्वाेच्चमा निवेदन दिने भएका हुन्। रूपसागरदेवी भने पहिलेदेखि काठमाडौंमै बसिरहेकी छन्।

२०६३ चैत ७ गते रौतहटको गौर नगरपालिकास्थित राइस मिल मैदानमा एकै स्थानमा तत्कालीन नेकपा माओवादी र तत्कालीन फोरमले सभा गर्न लाग्दा झडप भएको थियो। जसमा परी २७ जना वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो भने ५३ जना गम्भीर घाइते भएका थिए।

मृतकमध्ये रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक/एक जना छन्।

झडपमा मारिएका २७ जनाका परिवारले राज्यबाट १० लाख रुपैयाँका दरले राहत पाए पनि न्याय भने अहिलेसम्म कसैले पाएका छैनन्।-नेपालखबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]