०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

चकलेट चोरेको आरोपमा वडाध्यक्षले तीन बालकलाई दियो यस्तो सजाई ?

Logo
प्रकाशित बुधबार, भाद्र ११, २०७६

जे पि साह,बारा।चकलेट चोरेको आरोपमा बाराको कालैया नगरपालिकामा वडाध्यक्षले तीन बालकलाई कपाल मुण्डन गरी गाउँ घुमाएको घटना सार्वजनिक भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मनगरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले तीन बालकलाई चकलेट चोरेको आरोपमा घरमा थुनेर कुटपीट, कपाल मुण्डन तथा १ हजार रुपैयाँ जरिवाना गरी घुमाएर सजाय दिएको अभिभावकले जानकारी दिएका छन् ।

पीडित परिवारले मंगलवार कलैयास्थित देवकीलाल धर्मशालामा पत्रकार सम्मेलन गरि सो घटनाबारे जानकारी गराएका थिए । गत भदौ २ गते स्थानीय हिरा साह केशरीको पसलबाट सोही वडा निवासी रामपुजन मण्डलका ९ बर्षीय छोरा रुपेश मण्डल, जग्गा पासवानका १० वर्षीय छोरा गुलसन पासवान र नथुनी साह गोरका ११ वर्षीय छोरा राहुल गोरले केही चकलेट चोरेका थिए ।

सोही आरोपमा वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले ३ जना बालकलाई कुटपिट गरि टाउको मुण्डन गरेर गाउँ समेत घुमाएको धर्मनगरका पूर्व गाविस उपाध्यक्ष सहिम हवारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
तीन जना बालकका अभिभावकबाट रु १ हजारको दरले जरिवाना समेत तिराएको उपाध्यक्ष हवारीले बताए ।

गुलसन स्थानिय ज्ञान मन्दिर एकेडेमीमा यू केजीमा र राहुल एल केजीमा अध्ययन गरिरहेका छन् । घटनापछि वडा अध्यक्ष केशरीले पीडितहरुलाई धाकधम्की देखाउँदै प्रहरीमा नजान दवाब दिँदै आएको पीडित परिवारले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनपश्चात उक्त घटनाबारे उजुरी दर्ता गर्नका लागि जिल्ला प्रहरी कार्यालय कलैयामा गाँउलेहरुसँग जाँदा प्रहरी निरीक्षक चन्द्रकिशोर साहले आफुहरुलाई उल्टै दुब्र्यवहार गरेको पूर्व सहायकमन्त्री कलावती पासवानले आरोप लगाइन् । जिल्ला प्रहरी कार्यालय बाराका निमित प्रमुख रञ्जितसिंह राठौरले घटनापछि पीडितहरु ढिलो आएपनि लिखित जाहेरी लिएर आएमा कार्वाही प्रकृया बढाइने बताए ।

प्रहरी निरिक्षक चन्द्रकिशोर साहको व्यवहारको सन्दर्भमा आफुले छानबिन गर्नेसमेत निमित प्रमुख राठौरले प्रतिबद्धता जनाएका छन् । प्रदेश २ का प्रहरी प्रमुख डिआईजी प्रधुम्न कार्कीले बालबालिकाको बिषयमा नेपाल प्रहरी एकदमै सजग रहने बताउँदै कलैयाको घटनाबारे छानबिन गरी कार्वाही प्रकृया अगाडी बढाउन बारा प्रहरीलाई निर्देशन दिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]