०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मधेश प्रदेशमा जनमत पार्टीको एकल बहुमतको सरकार बन्छ : बीपी साह

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०८०

वीरगन्ज ,७ असार। जनमत पार्टीका नेता बीपी साहले अब मधेश प्रदेशमा एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् । पर्सा जिल्लामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले आगामी चुनावमा जनमत पार्टीलाई जनताले एकल बहुमत दिएर पठाउने वातावरण बनेको बताए ।

पर्सा जिल्लाका नेताहरुलाई प्रशिक्षण दिदै नेता साहले भने,‘आगामी चुनावबाट मधेश प्रदेशमा जनमत पार्टीको एकल बहुमतको सरकार हुनेछ । डा.सीके राउत प्रधानमन्त्रीको रुपमा आउनु हुनेछ। त्यही अनुसार हामीले काम गर्दै जानु पर्छ। जनताको विश्वासमा खडो उत्रिनु पर्छ र संगठनमा सबैलाई स्थान दिनु पर्छ।’

समाजवादी मोर्चा सत्ता टिकाउने झुण्ड मात्र भएको नेता साहले आरोप लगाए । जनमत पार्टीसँग डराएर उपेन्द्र यादवसहितको समाजवादी मोर्चा बनेको आरोप पनि उनले लगाए ।

जनमत पार्टीको पर्सा जिल्लाको विस्तारित बैठक एवं प्रशिक्षणमा बोल्दै नेता साहले भने,‘मधेश र देशमा अब एउटा मात्रै बैकल्पिक शक्ति छ त्यो हो जनमत पार्टी । मधेशीलाई ठग्दै आएको जसपा–लोसपाहरुको पतन भइसकेको छ । जनमत पार्टीसँग डराएर उनीहरुले समाजवादी मोर्चा खोलेका छन् । यो मोर्चा मन्त्री पद खान मात्र खोलिएको हो ।’

जनमत पार्टीले कुनै पनि दल वा मोर्चासँग गठबन्धन नगरी एक्लै अगाडि बढ्ने नेता साहले बताए । ‘यी डेट एक्सपायर दलहरुको समय समाप्त भयो। जनमत युगको सुरुवात भएको छ । जनताको आशा भरोसा अब डा.सीके राउतमाथि छ । त्यही भएर हामी एक्लै संगठन विस्तार र चुनावमा जित हाँसिल गर्नेछौं ।’

जनमत पार्टीमा अनुशासनको महत्व धेरै भएकोले अनुशासित भएर संगठन विस्तारमा लाग्न नेता साहले निर्देशन समेत दिए । जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री करिमा बेगम, पूर्वसांसद प्रहलाद गिरी, सशी कपुर मिया, डा.अजय यादव, ओमप्रकाश सर्राफ, मुकेश द्वेदी, सिपु तिवारी, जय मिश्रा, दिपेन्द्र यादव, कन्हैयालाल झालगायतका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]