०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

वीरगञ्ज महानगरद्वारा आधा दर्जन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

बिरगंज ,१२ असार। वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ।

पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो।

महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका लागि पटक पटक समय दिँदा पनि अटेर गरेपछि बाध्य भएर कारबाही प्रक्रियामा जानुपरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए।

महानगरले आज इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनी वल्र्ड लिंक, भायोनेट, क्लासिक टेक, सुविसु र डिसहोमलाई कारबाहीस्वरुप रु दुई हजार पाँच सयका दरले जरिबाना गरिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय, ओमआश्रमलगायतका स्थानमा केही दिनअघि आगलागी हुँदा ती कम्पनीका तार सडकमै असरल्ल खसेर जोखिमपूर्ण अवस्थामा रहेको जानकारी दिएर हटाउन आग्रह गर्दा पनि सम्बन्धित कम्पनीले हटाउन चासो नदिएपछि महानगरले उनीहरुलाई कारबाही गरिएको जनाएको छ।

पोलमा गुजुल्टो पारेर जथाभावी टाँगिएको तारका कारण आगलागीका घटना पनि बढिरहेको छ। महानगरले तार व्यवस्थापनमा लामो समयदेखि काम गरिरहेको भए पनि नतिजा हात पार्न सकेको छैन। सम्बन्धित कम्पनीको असहयोगका कारण तार व्यवस्थापन जटिल बनेको र यसले सहरी सौन्दर्यलाई समेत असर गरिरहेको महानगरपालिकाको भनाइ छ।

जथाभावी तार तान्ने कामलाई निरुत्साहित गर्न महानगरले पटकपटक सम्बन्धित कम्पनीलाई चेतावनी दिएको भए पनि अटेर गर्दै पोलमा तार झुण्ड्याउने क्रमलाई जारी राखेको छ। अब कम्पनीले पूर्वस्वीकृति बेगर तार तान्ने र जथाभावी झुण्ड्याउने गरेको भेटिए कडाइका साथ कारबाही गर्ने गरी महानगर जुटेको महानगरको सूचना प्रविधि शाखाका बृजेश प्रधानले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]