०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

मधेश प्रदेश :सहिद परिवारले लगाए गृह मन्त्रालयमा ताल्चा

Logo
प्रकाशित आइतबार, आषाढ १७, २०८०

जनकपुरधाम,१७ असार।मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा जनयुद्धका सहीद परिवारले तालाबन्दी गरेका छन् ।

मधेश शहीद प्रतिष्ठानले घोषणा गरे अनुरूप ३ लाख रुपैयाँ नदिएको भन्दै जनयुद्धका सहीद परिवारले मन्त्रालयमा आइतबार तालाबन्दी गरेका हुन् ।

विभिन्न जिल्लाबाट आएका जनयुद्धका शहीद परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्न खाेज्दा उनी बाहिर रहेकाले भेट हुन नसकेपछि उनीहरू आक्राेशित भएका थिए ।

मधेश सरकारले गत वर्ष नै जनयुद्धमा सहीद भएका परिवारलाई किस्ताबन्दीमा ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । प्रतिष्ठानले तीन वर्षसम्म एक/एक लाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रम अन्तर्गत यसपटक सहीद परिवारले पैसा नपाएका कारण आफूहरूले तालाबन्दी गरेकाे सहीद परिवारका सदस्य राजु महतोले बताएका छन् ।

सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहीदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ । तर, शहीद परिवारले गत वर्ष जस्तै प्रमाण पत्रको आधार पाउनु पर्ने माग गरेका छन् । सहीद घोषणामा कतिपयको नाम र ठेगाना गलत भएकाले प्रतिष्ठानले सच्याएर मात्र दिने र सो काम सरकारको रहेकाे तर विभिन्न बहाना बनाउँदै प्रतिष्ठान रकम उपलब्ध नगराएकाे महतोको भनाइ छ ।

असार मसान्तभित्र राहत रकम नपाए छुट्याइएको बजेट फ्रिज हुन जाने सम्भावनाकाे दृष्टिगत गर्दै दबाब दिने उद्देश्यले तालाबन्दी गरिएकाे उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]