०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

नो भोट र समानुपातिकमा सीमा राख्ने कानुन बन्दै

Logo
प्रकाशित मंगलबार, आषाढ १९, २०८०

काठमाडौँ,१९ असार । निर्वाचन प्रणालीमा देखिएका अस्पष्टता, अपारदर्शीता, शक्तिको दुरुपयोग र विभिन्न आयामलाई कायम गर्दै निर्वाचनलाई सभ्य र विश्वसनीय बनाउन निर्वाचन आयोगले विभिन्न निर्णयहरु गरेको छ । निर्णयहरु हेर्दा निर्वाचन कानूनमा व्यापक सुधारको संकेतसहित व्यवस्था गर्न सिफारिस गरेको छ ।

समग्रमा निर्वाचन आयोगले तयार पारेको मस्यौदामा के छन् त ? निर्वाचन आयोगले निर्वाचन प्रणालीमा व्यापक सुधारसहित कानून ल्याउन भन्दै मस्यौदा तयार पारेर सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

निर्वाचन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गृहमन्त्रालयमार्फत संसदमा पेश गर्ने गरि आयोगले निर्वाचन कानूनमा व्यापक हेरफेर गर्यो । मौजुदा कानूनमा देखिएका अस्पष्टता र निर्वाचनमा पराजित व्यक्तिहरुले गर्ने चलखेलसहित समानुपातिक समावेशी चरित्रको संविधानलाई कार्यान्वयन गराउन सक्ने गरि कानून संशोधनको मस्यौदा तयार भएको छ ।

सरकारको सैद्धान्तिक सहमतिमा निर्वाचन आयोगले तयार पारेको निर्वाचन कानूनले समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था गरेको छ ।

यस्तै, तीन तहको कुनै पनि निर्वाचनमा पराजित व्यक्ति कार्यकालभर सोहि क्षेत्रको उपचुनावबाहेक अन्यमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था गर्ने मस्यौदा तयार पारेको छ । आयोगले विदेशमा रहेका नेपालीको नामावली संकलन गर्ने, समानुपातिकतर्फ मतदान गर्न मिल्ने व्यवस्था मिलाउने, महिला सहभागीता सुनिश्चित गर्ने लगाएतका विभिन्न नयाँ कानूनको मस्यौदा समेत तयार पारेको छ ।

समानुपातिक निर्वाचन प्रणाली शक्ति र सत्ताको वरिपरि रहेकाले मात्रै फाइदा लिने परम्परा जस्तै बन्न पुगेको छ । अझं निर्वाचनमा पराजित उम्मेदवारहरु विभिन्न क्षेत्र खाली गराएरै निर्वाचित हुने कोसिस जसरी गर्ने गरेका छन, यस्तो विषयलाई नयाँ कानूनले धेरै हदसम्म समाधानको बाटो निकाल्न सक्ने अपेक्षा गरिएको छ ।

विदेशमा रहेका नेपालीलाई मतदानदेखि नामावली संकलनको व्यवस्थाले पनि मतदानमा सहभागीताको विषय थप उल्लेख्य रहने विश्वास गरिएको छ । निर्वाचन प्रणालीमाथि नै प्रश्न उठ्ने गरेको छ । अझं निर्वाचन आयोगले नो भोटको समेत व्यवस्था गरेको छ ।

अब मतदाताले कुनै उम्मेदवारलाई मत दिन्न भ्नन पाउने भएका छन् । यसरी पचास प्रतिशत भन्दा बढिले मत दिन्न भनेमा निर्वाचन नै रद्द हुने व्यवस्थाले निर्वाचन प्रणाली र लोकतन्त्रलाई सुदृऋ पार्ने विश्वास गरिएको छ ।

उम्मेदवारहरु दोहोर्याएर उम्मेदवार बन्ने, समानुपातिकमा पटक–पटक लाभ लिने स्थितिको अन्त्यका लागि आयोगले तयार पारको मस्यौदाले सुधारको संकेत समेत दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]