२८ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

विहे गरेकाे ६ घण्टापछि बेहुलीकाे निधन

Logo
प्रकाशित मंगलबार, आषाढ १९, २०८०

नवाड,१९ असार। बिहारबाट एउटा हृदयविदारक खबर आएको छ जसले सबैलाई भित्रबाट दुःखी बनाएको छ। विवाह भएको केही घण्टा मै नवविवाहित दुलहीको मृत्यु भएको घटनाले सबैलाई दुःखी बनाएको हो। यो घटना बिहारको नवादा जिल्लाको हो।

बेहुलीको मृत्यु हुनासाथ खुशीको माहोल शोकमा परिणत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जिल्लाको काउकोल थानाको महापुर गाउँमा भएको घटनाले इलाकाका सबैलाई दुखी बनाएको हो। समाचार अनुसार महापुर गाउँमा विवाह भएको पाँच छ घण्टा नबित्दै नवविवाहित युवतीको मृत्यु भएको छ।

महापुर गाउँका सुबोध मिस्त्रीका छोरा रोहित शर्माको झारखण्ड राज्यअन्तर्गत कोडरमाको लालगढ गाउँकी युवतीसँग नवादाको शोभनाथ मन्दिरमा विवाह भइरहेको थियो। जहाँ विवाह समारोहकै क्रममा युवती बेहोस भइन्। त्यसपछि कुनै न कुनै प्रकारले विवाह समारोह सकिएपछि शुक्रबार साँझ करिब ७ बजे नवविवाहित जोडी महापुर गाउँमा आएका थिए।

घर ल्याए पछि फेरी दुलही बेहोस भइन । यसपछि आफन्तले हतारमा नवविवाहित युवतीलाई नजिकैको अलीगञ्ज बजारमा रहेको निजी क्लिनिकमा लगे, जहाँबाट उनलाई नवादा रिफर गरियो तर नवविवाहित महिलाको बाटोमै मृत्यु भयो । जसले सो गाउँलाई पुरै शोकमा पारिदियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]