०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

एसईईको नतिजा सार्वजनिक, कुन जीपीएमा कति?

Logo
प्रकाशित बिहिबार, आषाढ २१, २०८०

काठमाडौं,२१ असार।माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षामा २२ हजारभन्दा बढी विद्यार्थीले ३.६० देखि ४ जीपीए अंक ल्याएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार परीक्षाफल सार्वज्निक गरेको छ। जसमा ३.६० देखि ४ जीपीए अंक ल्याउने विद्यार्थी २२ हजार ४७५ जना रहेका छन्। यो ४.६३ प्रतिशत हो।

त्यस्तै, ३.२० देखि ३.६० जीपीए अंक ल्याउने विद्यार्थी ५५ हजार ६९ छन्। यो ११.३६ प्रतिशत हो।

यस वर्ष २.८० देखि ३.२० जीपीए अंक ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ पुगेको छ। यो १४.९२ प्रतिशत रहेको छ।

यसैगरी, ८९ हजार ३३१ विद्यार्थीले २.४० देखि २.८० जीपीए अंक ल्याएका छन्। यो १८.४२ प्रतिशत हो।

सबैभन्दा बढी २ देखि २.४० जीपीए अंक ल्याउने विद्यार्थी छन्। उनीहरूको संख्या एक लाख दुई हजार २९३ रहेको छ। यो कूल विद्यार्थीको २१.०९ प्रतिशत हो।

त्यस्तै, ८८ हजार ४४७ विद्यार्थीले १.६० देखि २ जीपीए अंक ल्याएका छन्। यो कूल विद्यार्थीको १८.२४ प्रतिशत हो।

एसईईमा १.२० देखि १.६० जीपीए अंक ल्याउने विद्यार्थीको संख्या पनि ३८ हजार ७७० रहेको छ। यो ७.९९ प्रतिशत हो।

यस वर्ष दुई हजार दुई सय विद्यार्थीले ०.८० देखि १.२० जीपीए अंक ल्याउका छन्। यो कूल विद्यार्थी संख्याको ०.४५ प्रतिशत हो।

यस वर्ष चार लाख ८४ हजार ९३९ विद्यार्थी एसईईमा सहभागी थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]