०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

कैलालीको सीमाबाट विस्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारतीय पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २२, २०८०

कैलाली ,२२ असार। कैलालीको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा इलाकाबाट बिहीबार सशस्त्र प्रहरीले विस्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

करिब २९ केजी ५ सय ग्राम गन्धकसहित भारत घर बताउने ४२ वर्षीय शिवा गुप्तालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

साइकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (खोनपुर) ले नियन्त्रणमा लिएको हो।

चेकजाँचका क्रममा उनले सुरुमा झोलामा आलु, प्याज रहेको भन्दै भाग्ने प्रयास गरेका थिए। तर शंकास्पद अवस्थामा देखिएका उनलाई नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा गन्धक बरामद भएको हो। के प्रयोजनका लागि गन्धक ल्याइएको हो भन्ने पत्ता लागेको छैन।

नियन्त्रणमा लिइएका गुप्तालाई बरामद गन्धक तथा साइकलसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय (हसुलिया) मा बुझाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]