काठमाडौं ,२२ असार।नेपाल राष्ट्र बैंकले यो महिना शनिवार तथा बिदाको दिनमा पनि बैंक साँझ ८ बजे सम्म खुला राख्न निर्देशन दिएको छ।
साथै यो महिनाको अन्तिम दिन असार ३१ गते ७ बजेसम्म खुल्ला राख्न राष्ट्र बैंकले भनेको छ।
आर्थिक वर्षको क्लोजिङ भएकोले राजश्व तथा भुक्तानी सेटललमेन्ट गर्नपर्ने भएको र सोही अनुसार महालेखा नियन्त्रकको कार्यलयबाट अनुरोध समेत आएको राष्ट्र बैंकले जनाएको छ।