२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

स्वराज आन्दोलनको प्रथम सहिद यादवको दोस्रो स्मृति दिवसमा सहभागी हुन आग्रह

Logo
प्रकाशित शुक्रबार, भाद्र १३, २०७६

जनकपुरधाम।डा. सिके राउत नेतृत्वको जनमत पार्टीले स्वाराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको दोस्रो स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम सहभागी हुन आग्रह गरेको छ।

स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको दोस्रो स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम सहभागी हुन सम्पूर्ण पार्टी ,संघ संगठन ,विद्यार्थी ,युवा,किसान वकिल,बुद्धिजीवी ,नागरिक समाज तथा न्यायप्रेमी जन्ता संग जनमत पार्टीले आग्रह गरेको छ।

प्रहरी हिरासतमा मृत्यू भएका तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको स्मृति दिवसमा जनमत पार्टीले भदौ १५ गते मधेशका प्रत्येक जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न लागेको जनमत पार्टीले बताएको छ।

त्यसैगरी जनमत पार्टी सिरहाले आयोजना गर्न लागेको श्रद्धाञ्जली कार्यक्रममा रक्तदान पनि गरिनेछ । उक्त कार्यक्रम गोलबजारस्थित उद्योग वाणिज्य संघ सभाहलको प्रांगनमा गरिने पार्टी केन्द्रिय सदस्य तथा सिरहा जिल्ला ईन्चार्ज राजकुमार यादव (त्यागी) जानकारी दिएको छ।

ईन्चार्ज यादवले भने स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको सम्मान एवं सम्झनामा श्रद्धाञ्जली र रक्तदान कार्यक्रम गर्न लागेको उनले बताए।

सहिद यादवको सम्मान तथा सम्झनामा स्मृति दिवस मधेशभर नै विभिन्न जिल्लामा कार्यक्रम आयोजना गरी मनाइने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]