०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

पत्रकार रोहितामाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न रास्वपाको माग

Logo
प्रकाशित बिहिबार, आषाढ २८, २०८०

काठमाडौं ,२८ असार।अनियमिताको समाचार लेखेको विषयलाई लिएर मकालु खबर डटकमका मधेश प्रदेश प्रमुख पत्रकार सिबेन्द्र रोहितामाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेशका प्रवक्ता रंजीत रामले बुधबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाही र पीडित पत्राकारलाई न्याय दिन प्रशासनसँग माग गरेका छन्।

असार २५ गते बेलुका धनुषाको भानुचोकमा पत्राकार शिवेन्द्रमाथी आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते उनको काठमाडौंमा उपचार भइरहेको छ।

आक्रमणमा संलग्नलाई कारबाही गर्न प्हरीले आनाकानी गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताइरहेको छ।

यसअघि पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाले पनि प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार रोहितामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्। उनले घटनाका दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेकी छन्।

सिवेन्द्रले धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित कुमार यादवको रवैयाको बारे समाचार लेखेका थिए। सोही समाचारको विषयमा गाउँपालिकाकै गाडी प्रयोग गरेर आएका उनका आफन्तसहित गुण्डाको समूहले आक्रमण गरेको हो। आक्रमण अघि उक्त समुहले उनलाई धम्की समेत दिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]