०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

कञ्चनपुरमा ८० प्रतिशत रोपाइँ सम्पन्न

Logo
प्रकाशित बिहिबार, आषाढ २८, २०८०

कञ्चनपुर,२८ असार।कञ्चनपुरको वेदकोट नगरपालिका–५ का केशव पन्त रोपाइँ सकेर फुर्सदिलो छन्। रोपाइँका लागि आकाशको पानीको भर पर्नुपर्ने उनले यो वर्ष ढिलो रोपाइँ गरे।

‘यसपटक पानी ढिलो पर्यो, सिँचाइको सुविधा नहुँदा आकाशको पानीले रोपाइँ गर्नुपर्छ’, कृषक पन्तले भने, ‘गत वर्षभन्दा दुई साता ढिलो रोपाइँ सकिएको हो।’ ढिलो गरी वर्षा हुँदा असार अन्तिम साता पनि केही किसान अझै खेतखलियानमै व्यस्त छन्। कञ्चनपुरमा अझै रोपाइँ सकिएको छैन।

भीमदत्त नगरपालिका–१३ का किसान प्रकाश भट्ट अझै रोपाइँका लागि खेतमै व्यस्त छन्। ‘रोपाइँ सुरु गरेको एक साता भयो, अझै सकिएको छैन’, उनले भने।

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले आफ्नो एक बिघा जमिनमा यसपटक नयाँ जातको धान रोपेका छन्। ‘गत वर्ष छिमेकीले तीन कठ्ठामा एमपी ३०३० नामक बीउ रोपेको थिएँ, राम्रो उत्पादन भएको थियो’, उनले भने, ‘त्यसैले यसपटक मैले पनि त्यही धान रोपको छुँ।’ उनको पिपलाडीमा तीन बिघा जमिन छ। धान, गहुँ, तरकारी खेती गर्ने चेतराज त्यसैबाट हुने उब्जाउ बेचेर घर खर्च चलाउँछन्।

धान बाली उत्पादनको दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिने कञ्चनपुरमा मल, बीउलगायत कृषि सामग्रीका साथै सिँचाइ सुविधाको अभावले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ। कञ्चनपुरमा असार अन्तिम सातासम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्र कञ्चनपुरका सूचना अधिकरी हरीदत्त जोशीले बताए।

‘समयमै वर्षा नहुँदा यसपटक केही ढिला रोपाइँ सुरु भयो, जिल्लाभर अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ’, उनले भने, ‘अहिले निरन्तर वर्षा भइरहेकाले केही दिनमै रोपाइँ सकिन्छ।’

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धानखेती गरिन्छ।

कृषकले हर्दीनाथ, सुक्खाको १ देखि ४ सम्म, राधा–४, साँवा मन्सुलीलगायत उन्नत जातका बीउको प्रयोग गर्ने गरेका छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]