२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

अपहरित बालक सिरहा प्रहरी द्वारा शकुसल उद्धार ,अपहरणकारी पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र १४, २०७६

राजेन्द्र महतो,लहान।सिरहाको कर्जन्हा नगरपालिका वडा नं. २ स्थित बन्दीपुरबाट भादो १० गते अपहरित ५ वर्षीय बालकलाई सिरहा प्रहरीले भारतबाट शकुसल उद्धार गरेको छ ।

पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको विहार सितामढीका शोभित मुखियाले आफन्त बच्चा यादवको ५ वर्षीय छोरालाई अपहरण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलनमा अपहरणकारीलाई सार्वजनिक गर्दै बालकलाई अभिभावकको जिम्मा लगाइएको छ । मुखियाले पत्नी सुरेखालाई भगाउन बालकका बुबा-आमाले सहयोग गरेको आरोप लगाउँदै सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा शंकर कार्कीको घरमा डेरा गरी बस्ने बच्चा यादवको छोरा शिवमलाई अपहरण गरेका थिए ।

अपहरणकारीले बालकका बुबा-आमालाई फिरौती बापत पत्नी सुरेखालाई फिर्ता मागेका थिए ।
पत्नीलाई फिर्ता पाउन बालकलाई अपहरण गर्नु सिरहामा पहिलो घटना हो । यसअघि अपहरणकारीले अपहरितलाई फिर्ता दिन फिरौती रकम माग्ने गरेका थिए । रौतहटको कटहरिया नगरपालिका ६ का बच्चा यादव र भारतको सितामढीका शोभित मुखिया छ महिनादेखि कार्कीको घरमा छुट्टाछुट्टै डेरा गरी बस्दै आएका थिए ।

चटपटे व्यवसाय गर्ने मुखिया बाहिर गएको बेला भदौ २ गते उनकी पत्नी सुरेखा मुखिया भागेपछि शोभितले आफ्नो पत्नी भगाउन बच्चा यादव र उनकी पत्नी सुखनीदेवी यादवले सहयोग गरेको आरोप लगाइरहेका थिए । यही क्रममा यादव दम्पतीलाई पत्नी फर्काउन दबाब दिन शोभितले उनीहरुका छोरा शिवम्‌लाई अपहरण गरेको प्रहरीले बताएको छ ।
वालक शिवमलाई अपहरण गरेपछि शोभितले बारम्बार यादव दम्पतिलाई फोन गरेर मेरो श्रीमतीलाई फिर्ता गरिदेउ, आफ्नो छोरालाई लैजान भनेर फोन गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले शोभितले गर्ने गरेको फोनबाट उसको लोकेशनलाई पछ्याउँदै जाँदा शोभितलाई वालकसहित पक्राउ गर्न सफल भएको भन्दै मुखियाले वन्दीपुरबाट धनुषाको पोर्ताहा, पोर्ताहाबाट महोत्तरीको बर्दिबास, त्यहाँबाट बन्दीपुरकै रामगोपालपुर, भित्तामोड हुँदै भारतको सीतामढी र त्यहाँबाट सर्लाहीको विष्णु गाउँपालिका–५ स्थित नेपाल भारतको सीमाबाटै सिरहा प्रहरीले मुखियालाई वालकसँगै पक्राऊ गरेको बताएका छ्न।

बालकलाई सकुसल उद्दार गरी परिवारको जिम्मा लगाएको छ भने घट्नामा संलग्न अपहरणकारीलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी घट्ना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]