०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

जनमत पार्टीले आफ्नै कार्यालय बनाउन गरे ‘अक्षयकोषको स्थापना’

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०

जनकपुरधाम,२ श्रावण ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नै पार्टी कार्यालय निर्माण गर्नको लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष डा.सीके राउतको अध्यक्षता बसेको केन्द्रिय सचिवालयको बैठकबाट यस्तो निर्णय गरेका हुन।दुई दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले पार्टी कार्यालय निर्माणका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको हो ।

अक्षयकोषमा रकम संकलन गर्न दाताहरुलाई आह्वान गर्ने निर्णय भएको पार्टीका महासचिव चन्दन सिंहले बताए । अहिले पार्टी कार्यालय बुद्धनगरमा भाडाको घरमा रहेको छ । अब आफ्नै संरचना बनाउन पार्टी तयार भएको बताइएको छ ।

त्यसैगरी , बैठकले पार्टीका विभिन्न तहको बैठकको समय निर्धारित गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरुको प्रशिक्षण साउन ८ देखि ९ गतेसम्म धुलिखेलमा राखिएको छ भने साउन ५ गते जिल्ला इन्चार्ज तथा पूर्व जिल्ला इन्चार्जहरुको बैठक काठमाडौँमा बोलाइएको छ ।

साउन १२ गते मधेस प्रदेश समितिको बैठक बर्दिवासमा राखेको छ भने राष्ट्रिय परिषद्को बैठक साउन १७ गते काठमाडौँमा राखेको छ । त्यस्तै साउन १९ गते स्थानीय जनप्रतिनिधिको बैठक काठमाडौँमा राखिएको महासचिव सिंहले जानकारी दिए ।

जनप्रतिनिधि बारेमा जनमत संग्रह गराउने कार्यक्रमलाई पनि बैठकले सारेको छ । यसअघि साउन ६ गतेका लागि तोकिएको थियो । त्यसलाई साउन २७ र भदौ २ गतेका लागि निर्धारण गरिएको छ । केन्द्रीय सचिवालय र जिल्ला कार्यकारिणी पदाधिकारीको बैठक हरेक आइतबार गर्ने निर्णय पनि गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]