०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

मुख्यमन्त्री यादवको राजीनामा माग्दै इन्जिनियरहरु सडकमा

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

जनकपुरधाम ,३ श्रावण। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा माग्दै इन्जिनियरहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

मुख्यमन्त्री कार्यालय क्षेत्रमा प्रदर्शन निषेध गरिएको छ ।तर ,निषेधित क्षेत्रमा पुगेर इन्जिनियरहरु प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शन गर्न पुगेका इन्जिनियर र प्रहरीबीच सामान्य झडपसमेत भएको छ ।

कलकारखानामा स्वदेशी इन्जिनियरलाई नियुक्त गर्नुपर्ने, विदेश पलायन रोक्नुपर्ने, इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, सेवाकालिन तालिमको व्यवस्था गर्नुपर्ने, स्तरवृद्धि गर्नुपर्ने, न्यूनतम सातौं तह कायम गर्नुपर्ने लगायतका माग इन्जिनियरहरुले राखेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसन मधेश प्रदेशले तत्कालीन मुख्यमन्त्री लालबाबु राउत र वर्तमान मुख्यमन्त्री यादवलाई समेत पटक पटक माग पूरा गर्न ध्यानाकर्षण गराएको थियो । मधेश सरकारले आफूहरुको माग पूरा गर्न चासो नदेखाएपछि बाध्य भएर आन्दोलन गर्नुपर्ने इन्जिनियर सतिश यादवले बताए ।

मधेश सरकारको प्रदेश लोकसेवा आयोग छ । तर इन्जिनियरका लागि अहिलेसम्म विज्ञापन गरेको छैन । विज्ञापन नगरेकाले इन्जिनियरले प्रदर्शनका क्रममा ‘प्रदेश लोकसेवा आयोग खारेज गर कि विज्ञापन गर’ नारासमेत लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]