०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

जनमत पार्टीद्वारा पाँच नेतालाई कारबाही

Logo
प्रकाशित बिहिबार, साउन ०४, २०८०

काठमाडौँ ,४ साउन। जनमत पार्टीले पार्टीको नीति नियम अनुसार नचलेको आरोपमा पाँच नेतालाई कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा बाराका नेता शिवचन्द्र कुशवाहाले अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको भन्दै उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरिएको छ ।

त्यस्तै सप्तरीका जनमत पार्टीका नेता गुलाब मण्डल मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै उनलाई पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरेको छ ।

कारबाहीमा परेका शङ्कर खड्का जनमत पार्टीका स्थानीय कार्यकर्ता थिए । उनले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै उनलाई पनि एक वर्षका लागि पार्टीको सदस्यबाट निलम्बन गरिएको छ ।

सचिवालय सदस्य समेत रहेका भोपेन्द्र यादव (रुपन्देही)ले पार्टीको केन्द्रीय निर्देशन उल्लङ्घन गरेको र गर्न लगाएको तथा पार्टीभित्र गुटबन्दी गरेको भन्दै उनलाई केन्द्रीय सचिवालयबाट तीन महिनाका लागि निलम्बन गरेको छ भने कपिलवस्तुका भगवान् दास यादवलाई पनि पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरेको छ । उनले पार्टीको बैठकहरू र कामकारबाहीको क्रममा हो हल्ला गर्दै अनुशासनहीनताको काम पटक पटक गरेको भन्दै उनलाई कारबाही गरिएको जनमतले जनाएको छ ।

अनुशासन समितिका प्रमुख दीपकुमार साहले पार्टीको विधान, नियम, नीति तथा निर्देश विपरीत जाने छुट कसैलाई नरहेको बताए ।

छानबिन समितिले दिएको प्रतिवेदन र गरेको सिफारिसका आधारमा उनीहरूलाई कारबाही गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]